The New School, India China Institute executed a research project on the topic of "Every Day Religion & Sustainable Environment" for about 2 years. It was undertaken in China, India and Nepal. In Nepal, in the leadership of Prof. Mukta Singh Lama myself, Nawa Raj Lama and Siddhartha Basnet were working. At the end of this research, Mukta Lama and myself got an opportunity to attend 2 seminars at New School and Yala University in March 2013 to present our research outcomes. During that time I got also an opportunity for a short interview for White Himal TV, USA.
Visit the given link to see the interview by Sailesh Shrestha for Sampreshan program.
https://www.youtube.com/watch?v=2oWwSdxfPW4&feature=player_embedded
In this episode there are interviews of Prof. Yu, Laxmi Shova Shakya, and Anil Chitrakar
Monday, December 8, 2014
Tuesday, December 2, 2014
Continuous Campaign Against Women Violence NEEDED
निरन्तर अभियान आवश्यक
- सोमबार १५ मंसिर, २०७१
- Published on Nagarik News Daily
'बुढाले अर्को बिहे गर्यो । सासु, देवर, श्रीमान् सबैले कुट्छन्, त्यसैले छोरी लिएर खलंगा आएँ।' यो कुनै नाटकको डायलग नभै एउटा गोष्ठीमा सहभागी हुन आएकी जुम्लाकी चेली नीता दमाई (नाम परिवर्तन) ले भोगेको यथार्थ हो।
मंसिर ९ देखि २४ गतेसम्म हुने 'महिला हिंसाविरुद्धको १६ दिने अभियान' कार्यक्रमको पूर्व तयारीस्वरूप जुम्लामा 'शान्ति र विकासमा ग्रामीण महिलाको भूमिका' विषयक जिल्लास्तरीय दुई दिने कार्यशाला गोष्ठी मंसिर २ र ३ गते आयोजना भएको थियो। इटालिएन फाउण्डेशनको सहयोगमा महिला तथा बालबालिका कार्यालय, भेरी वातावरणीय विशिष्टता समुह, सूर्य सामाजिक सेवा संघ, एक्सन वर्क्स नेपाल र सांग्रिला एसोसियसनको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा जुम्लाका २४ गाविसका ८० जना महिला–पुरुष सहभागीले आआफ्ना गाउँका कुनाकाप्चामा महिलाले भोग्नुपरेका दुःख, अप्ठेराबारे खुलेर छलफल गरे। जुम्लाका महिला र बालिकाको अवस्था, हिंसा, शिक्षा, शान्ति, निर्णय क्षमता, वातावरण आदि ७ शीर्षकअन्तर्गत झेलिरहेका समस्या र समाधानका उपायबारे छलफल गरी निकालिएको निष्कर्षलाई घोषणापत्रको प्रारूप दिइयो। उक्त प्रारूप प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गर्दा उनले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जाहेर गर्नुलाई कार्यक्रमको सफलता मान्नुपर्छ।
तर, गोष्ठीका सहभागीमध्ये दुई जनाको पीडाले भने यो पंक्तिकारलाई निकै दुःखी बनायो। नीता दमाई सिंजाबाट मुगुमा प्रेमविवाह गरेर गएकी थिएन्, १५ वर्षको उमेरमै। एउटा छोरा भएपछि श्रीमान्ले अर्की श्रीमती ल्याउँदा उनको हालत झन् खराब भयो। यस्तो स्थितिमा सहयोग गर्नुको सट्टा सासु र देवारले समेत कुट्न थालेपछि ५ वर्षे छोरा र वर्ष दिनकी छोरी बोकेर निस्कन लाग्दा श्रीमान्ले छोरा खोसेर लिए। छोरी भने दिए। अन्ततः उनी छोरी लिएर खलंगाको जिल्ला सेवा केन्द्रमा आश्रय लिन बाध्य भइन्। उनीसँग यस्तो जाडोमा छोरीलाई जुत्ता किन्नेसम्म पैसा छैन। बच्चा छोडेर कहाँ काम गर्न जाने? उनको दुःखको छिनोफानो कसले र कहिले गरिदिने हो?
यस्तै, अर्की सहभागी ३ वर्षको छोरा बोकेर आएकी थिइन्। उनी 'एक पन्थ दो काज' गरी धेरै आशा बोकेर आएकी थिइन्। अदालतमा तारेख भ्याउने र गोष्ठीमा भाग लिने पनि उनको उद्देश्य थियो। उनीसँग गाउँबाट सदरमुकाम आउन लाग्ने खर्चसमेत थिएन। आफ्नै गाउँले दाइले जबरजस्ती करणी गरेपछि बस्न गएको गर्भका कारण उनी अहिले दुःख खेप्दै छिन्। त्यही गर्भको बच्चा हाल ३ वर्षको भैसक्यो, तर पेट बोकाउने केटाले उनलाई स्वीकार्दैन। मुद्दा लड्न पनि धेरै खर्च लाग्ने, त्यसैले जिल्ला सेवा केन्द्रले उनको मुद्दामा सहयोग गर्दै छ, तर तारेख भ्याउनै गाह्रो।
गाउँबाट खलंगा बजारसम्म आउन उनलाई कम्तीमा एक हजार रुपियाँ नभै पुग्दैन। बच्चा लिएरै आउनु पर्योे। बच्चाको जन्मदर्ता नहुँदा बालभत्ता पनि लिन सकिएको छैन। अझ बच्चालाई विद्यालय पठाउने समय पनि हुनै लागेको छ। उनी अब के गर्ने भनी विचलित छिन्। उनी भन्छिन्, 'जन्म दिने आमाको नाममा पनि बच्चाको जन्मदर्ता नपाइने कस्तो नियम?' अर्कोतिर उनलाई माइत बस्नु भनेको दाजु–भाउजुको ठूलो बोझ हुनु हो। हात खाली बसेको छैन, खेतबारीको काममा सघाउँदा पनि भाउजुले झर्को मान्छिन् रे। एकचोटि बच्चा रोयो भनेर भाउजुले पिर्काले हिर्काउँदा नाबालक छोराको टाउकोमा ठूलो घाउ भयो र टाँका नै लाउनुपर्योक। एकपटक काममा लागिरहेका बेला ३ तल्ला माथिबाट बच्चा खस्यो। धन्न बाँच्यो, सबैको सहयोगले।
दुई वर्षदेखि उनको मुद्दा चलिरहेकै छ। 'अब छिट्टै डी.एन.ए. परीक्षणको रिपोर्ट आउँछ होला,' यतिभन्दा उनको अनुहारमा आशाका किरण धपक्क बलेको थियो। उनले फेरि थपिन्, 'हुन त छोराको अनुहार बाउसँग फोटोकपी जस्तै मिल्छ, तर पनि अहिलेसम्म स्वीकारेको छैन। फेरि कतै पैसा खुवाएर उसको छोरा होइन भनिदियो भने के गर्ने?' नेपालको अदालत र न्यायकर्मीप्रतिको विश्वास क्रमशः कमजोर हुँदै गएको छ।
कतै काममा जानलाई पनि बच्चाकै समस्या हुने आमालाई। बच्चा कहाँ राख्ने? कसरी विद्यालय पठाउने? विद्यालय पठाउनमात्र पाएको भए पनि उनलाई दिनभर जे काम गर्दा पनि आयआर्जन गर्न सहज हुन्थ्यो। पढाइ पनि प्राथमिक तहसम्मको मात्र छ। माइतीमा सघाएको देख्दैनन्। जेजति समस्या पर्ने महिलालाई नै पर्छ। बच्चाप्रतिको ममताले उनलाई कमजोर बनाइदिएको छ। दुःख गरेर बच्चा स्याहार्दै दुःखसँग पौंठेजोरी खेलिरहेही छन्। तर कहिलेसम्म?
यी दुई महिला त गोष्ठीका प्रतिनिधिपात्र मात्र हुन्। अझै खुलेर अगाडि आउन नसकेेका र बाध्य भएर आँसु पिएर बसेका महिलाहरू गाउँघरमा धेरै छन्। कतिपय हिंसाका घटनामा माइतीमा आश्रय लिन पर्नुको बाध्यताले पनि महिलालाई आँसु नै दिएको छ। श्रीमान्को दुर्व्यवहार सहेर बस्नु परेको छ। जुम्लाकै अर्की महिला श्रीमान्को हिंसा सहननसकेर माइत गइन्। दुई–चार दिनपछि भदाले फुपु तपार्इं कहिले घर जाने? साथीहरू आउँदा मलाई कोठा चाहिन्छ भन्न थाले। भाउजुले सित्तैमा ख्वाउनु परेझैँ व्यवहार गर्न थालिन्। त्यसपछि बाध्य भएर उनी जे भए पनि बस्ने ठाउँमात्रको लागि भए पनि अहिलेलाई मिलापत्र गर्ने भन्न थालिन्।
महिलाले घरमा हुने हिंसाको विरुद्धमा जाहेरी दिने वा घटना बाहिर ल्याउने हो भने उनलाई फेरि त्यही घरमा फर्केर जाँदा हिंसा झन् बढ्ने गरेको पाइन्छ। त्यसैले महिलालाई दाइजोको भन्दा पनि शिक्षा र आयआर्जनमा सक्षम बनाउँदै आत्मनिर्भर बन्न सहयोग गर्ने हो भनेमात्र समस्यासँग जुध्ने क्षमता बढ्छ। अर्को कुरा, जुम्लामा सानै उमेरमा विवाह गर्ने चलन छ। सानैमा विवाह गर्योभ, पढाइ पूरा हुँदैन, बच्चाबच्ची हुन्छ, उमेर बढ्दै जाँदा इच्छा र रोजाइहरू पनि फरक हुँदै जान्छ। यस्तो अवस्थामा श्रीमान्–श्रीमती मिलेर बस्ननसक्ने र पुरुषले अर्को विवाह गर्ने घटना थुप्रै देखिन्छ।
अब महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ। यही मौकामा हामी सबैले आआफ्नो क्षेत्रबाट यसमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरौँ। आफ्नै घर र आफूबाट यो कार्य सुरु गरौँ। सम्बन्धित निकायले न्याय दिने प्रक्रियामा यथासक्य चाँडो गरौँ। महिला सञ्जालहरू पनि सशक्त भएर गाउँका कुनाकाप्चामा रहेका पीडित महिलाको सहयोग गर्न र पिडकलाई सजाएको दायरामा ल्याउन एकजुट हुने हो भने यो अभियानको सार्थकता बढ्नेछ। यो १६ दिने अभियानलाई सफल पार्नसक्दा समाजमा व्याप्त महिला हिंसामा कमी आउने विश्वास गर्न सकिन्छ। महिला हिंसालाई निर्मूल पार्न १६ दिने मात्र होइन, ३६५ दिन नै अभियान जारी राख्नु जरुरी छ।
(लेखिका महिला सशक्तिकरण तथा जीविकोपार्जन सुधार कार्यक्रम, जुम्लामा कार्यरत।)
http://www.nagariknews.com/opinion/story/28706.html#sthash.lAftqXr8.JSEbKcA0.dpuf
Tuesday, November 11, 2014
Good Drivers & Owners are also there!
राम्रा पनि छन् चालक र व्यवसायी
- मङ्गलबार २५ कार्तिक, २०७१
- Nagarik News Daily
“पुरुषहरू यता जाने, महिलाहरू उता जानूस्”– यो कुनै कार्यक्रममा स्वयंसेवकको निर्देशन नभई सुर्खेत– काठमाडौं–सुर्खेत रुटमा चल्ने रात्रिबस “काँक्रेबिहार डिलक्स” ११०५ का चालक प्रदीप फौजा मगरको हो। त्यति लामो रुटमा गाडी चलाउँदा पनि उनी रोकेपिच्छे यसरी निर्देशन दिन थाकेनन्।
लेखकबाट थप
पिसाब फेर्न पुरुषहरू जताततै जाने हुँदा महिलालाई अप्ठेरो पर्ला भनी उनी सजग रहन्थे। यसरी उनले आजका चालक धेरै लैंगिक सचेत भइसकेका छन् भन्ने सन्देश दिइरहेका थिए। बसका महिला यात्रुलाई सिस्टर/म्याडम भनी नम्रतापूर्वक सम्बोधन गरेको सुन्दा परिवारिक यात्राकैै अनुभव हुँदोरहेछ। यो केवल व्यवहारको मात्र कुरा नभई यसले यात्रुलाई यात्रा अवधिभर सुरक्षित, विश्वस्त तथा आफूले तिरेको पैसाको पूरा उपभोग भएको महसुस गराउँदो रहेछ।
भर्खरैको मकवानपुरको विभत्स दुर्घटना चालक र बस मालिकको कचकचका कारणले भएको समाचार सुनेपछि प्रदीपका बस मालिक दिनेश न्यौपानेलाई यहाँ सम्झन बाध्य भएकी छु। उनले अँध्यारो हुन हुन लागेदेखि नै आफ्ना बस चालकलाई कुरकुरे, चिप्स जस्ता निन्द्रा भगाउने पिरो अमिलो खुवाउँदै, कुरा गर्दै गएका थिए। चालकलाई मात्र होइन, यात्रुसँग पनि उनको मीठो व्यवहार थियो। उनी भन्थे– यातायातको नियममा रात्रिबसमा दुई जना चालक हुनैपर्ने भए पनि तलब भत्ताको महँगीले गर्दा सबैजसो गाडीले एकै जना मात्र चालक प्रयोग गर्दा निमयमै मात्र सीमित हुँदै आएको छ। चाडवाडको अघिपछि मात्र ट्राफिक चेक हुने र फेला परेमा तीन/चार सय रूपियाँ थमाइदिँदा मुक्ति पाइने प्रथाले पनि यातायातमा धेरै दुर्घटना भएका छन्।
दशैं तिहार अघिपछि त बस व्यवसायीको ठूलै मेला भइहाल्यो। सर्वसाधारणलाई आफ्नो योजनाको समयमा निर्दिष्ट स्थानसम्म पुग्नैपर्ने हतारोले गाडीको भित्र, बाहिर, माथि कोच्नसम्म कोचेर राखिने “कोच” बनाएर गुडाउँदा पनि बाध्य भएर बस व्यवसायीलाई फाइदा गराउन तयार हुन्छन्। अर्कोतिर ट्राफिकले देखे पनि नदेखेजस्तो गर्ने र जाँचेजस्तो गर्दा झन् उनीहरूलाई नै फाइदा हुने कारणले पनि वर्षेनी धेरैले ज्यान गुमाउँदै आएका छन्। दशैंयता मात्र २ सय ८३ जनाको मृत्यु र ५ सय घाइते हुनु भनेको ठूलो क्षति हो। गत वर्षको तुलनामा मानवीय क्षति दोब्बर भएको छ। र, ट्राफिक प्रहरी महाशाखाका अनुसार बढी दुर्घटना चालकको लापरबाहीका कारण भइरहेको देखिन्छ। यस्तो स्थितिमा देशमा नियममात्र भएर नपुग्दो रहेछ र नियमको पालना गर्न लगाउन तथा आफू सुरक्षित हुन सर्वसाधारण आफैं पनि सचेत हुनुपर्ने देखिन्छ।
बसका मालिक तथा व्यवसायीले चालकको तन र मनले नसक्ने अवस्थामा अर्को चालक राख्नुपर्छ। बिमा कम्पनीले आफ्नो गाडीको क्षति बेहोरिहाल्छ, यात्रुको जेसुकै होस् भनी यात्रुको ज्यानसँग खेलवाड गर्न कदापि पाइँदैन। गत साल परासीबाट काठमाडौं जाँदा रात्रिबसका चालकलाई निन्द्रा लागेपछि पसलहरू भएको सानो बस्तीमा गाडी रोकी २ घण्टा मजाले सुते। यात्रुहरू पनि कोही सुते, कोही चिसो/तातो खाने, गफ गर्ने, हावा खाने गर्न थाले। पछि फ्रेस भएरमात्र उनले गाडी चलाए। एकछिन ढिला भएर के नै बित्छ र? चालकको हातमा सम्पूर्ण यात्रु तथा बटुवाको ज्यानको रिमोट थामिएको हुन्छ। ऊ अलिकति चुक्यो भने धेरैको जनधनको क्षति हुन्छ। त्यसैले यस्तो महŒवपूर्ण र संवेदनशील जिम्मेवारी बोकेेका चालकलाई कर, धम्कीले स्टेरिङ समाउन बाध्य गर्नु ठूलो मुर्ख्याइ हो। दुर्घटना बेहोर्नु भन्दा बरु एक टि्रप नगर्दा कम नोक्सान होला कि? कुनै पनि व्यवसायीलाई लोभ हुनु स्वाभाविकै हो तर व्यवहारिकता भुल्दा नसोचेको क्षति बेहोर्नुपर्ने हुन्छ।
आजको ब्यस्त जीवनमा रात्रिबसले धेरै सुविधा दिँदै आएको छ। काँक्रेबिहार बसका युएनमा कार्यरत एक यात्रु भन्दै थिए- 'प्रायः युएन कर्मचारीले पनि आजभोलि रात्रिबस प्रयोग गर्न थालेका छन्। राति सुत्ने समयमा आफ्नो गन्तव्यमा पुगिने हुँदा यसको प्रयोग बढेको छ। यस्तो लोकप्रियता कमाउने बेलामा सबै चालक तथा व्यवसायी/गाडी धनीले यात्रुको हितलाई ध्यान दिने, राम्रो व्यवहार गर्ने, समयको ख्याल गर्ने, बसलाई राम्रो अवस्थामा राख्ने, सफा राख्ने हो भने आजको समय भनेको बसकै हो। यात्रुलाई मीठो बोलेर राम्रो व्यवहार पाउँदाको अनुभव सम्झँदा मन खुसी हुन्छ।
चालकको जीवन पनि सजिलो छैन। धेरै दुःख गरेको देखिन्छ। आफ्नो निन्द्रा भगाउन पिरो अमिलो, जंकफुड, पानपराग, गुट्खा, खैनी खाने, बेलामा खान सुत्न नपाइने हुँदा तिनको स्वास्थ्यमा कस्तो असर पर्ला? कतिपय युवा चालकको जोसिने, नराम्रो बोल्ने, युवती/महिलालाई नराम्रो व्यवहार गर्ने, रक्सी पिएर चलाउने, प्रतिस्पर्धामा चलाउने, आदि व्यवहारले यो पेशामा रहेका सबै नराम्रा हुन्छन् भन्ने छाप परेको छ। व्यवसायीलाई घाटाकै चिन्ता भए पनि देशको यातायात नियमलाई कडा बनाउने, कर्मचारीलाई इमानदार बनाउने, राम्रो अनुगमन, बसका कर्मचारीलाई तालिमको व्यवस्था, मुस्कानसहितको सेवाका लागि प्रेरणा, लैंगिक सचेत गराउने र राम्रालाई पुरस्कार तथा नराम्रा तथा गल्ती गर्नेलाई सजायको दायरामा लग्ने व्यवस्था कडा हुने हो भने दुर्घटना र मानसिक तथा आर्थिक क्षतिमा कमी आउँथ्यो।
काठमाडौंमा एउटा यातायातले लगातार दुर्घटना गरी धेरै मान्छे मारेपछि स्वयम्भू यातायातको नाममात्र फेरेर व्यवसाय निरन्तर गरेको पनि देखियो। ठोक्किएका तथा लडेका व्यक्तिलाई गाडी ब्याक गरेर मार्ने अपराधीको जिन्दगीभर गाडी चलाउन नपाउने गरी लाइसन्स खारेज गर्ने वा कुनै कडाभन्दा कडा सजायको व्यवस्था गर्न सकेको भए राक्षसी स्वभाव घट्ने थियो वा मानवताको भावना पाल्न बाध्य गराइन्थ्यो होला।
मकवानपुरको विभत्स दुर्घटना भएको दिन १२ बजेतिर काँक्रेबिहार डिलक्सका बस मालिक दिनेशको अचानक फोन आउँदा म छक्कै परें। किन फोन गर्नुभएको भनी सोध्दा– “कता हुनुहुन्छ?, हामी कहिलेकाहीँ यात्रुलाई सम्झन्छौं” भने। जुम्लामा त्यतिबेलासम्म त्यो खबर पुगेकै थिएन। पछिमात्र थाहा भयो तिहारलगत्तै सबै यात्रा गर्ने हुँदा डरलाग्दो दुर्घटनाको बेला म कहाँ रहेछु भनेर खोजी गरेका रहेछन्। सम्झेर पनि मन पुलकित भयो। जे होस्, नेपालका राम्रो सेवा दिइरहेका चालक तथा बस मालिकलाई भने सलाम गर्नैपर्छ।
Tuesday, October 14, 2014
Sutkeriko Surtaa
सुत्केरीको सुर्ता
मातृ सुरक्षा कार्यक्रमको सर्भेका लागि जुम्ला पुगेका इलामका गणेश लिम्बू जुम्लाको कालिकाखेतु गाविसबाट फर्केपछि एक्लै बोल्दै गरेको भेटेँ। कारण, उनले सुनाए- बुअ गाउँमा शाही थरकी महिला घरैमा सुत्केरी भइछिन्। साल अड्केपछि निकै कष्ट भएर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराएछन्।
अनि फर्काएर गोठमा राखेछन्। चार दिनकी सुत्केरीलाई शिशुसहित फोहर गोठमा गाईभैंसीलाई झैं राखेको देखेर साह्रै चित्त दुख्यो। उनले त्यहाँ देखेछन् – झ्याल पनि नभएको गोठमा दाउरा बाल्दा धुँवा जाने ठाउँ नभएर निसास्सिने, आफैले लुगा धुनु पर्ने बिजोग। पतिले आफ्नी अर्धाङ्गिनीलाई पशुजस्तो अमानवीय व्यवहार गरेको र सासुले आफूले भोगेका पीडा सम्झनुको साटो बुहारीलाई पनि त्यसै पीडामा पार्नु परम अमानवीय घटना हो। गोठको फोहर, गन्ध, किराफट्यांग्रा, आँखाले नदेखिने जीवाणु, नजिकै वस्तुभाउ आदिले नवजात शिशु र सुत्केरीलाई कस्तो असर पर्ला?
गणेश, पूर्वका सुत्केरी लिम्बू महिलालाई दाँज्न थाल्छन् – इलामतिर भए सुत्केरी हुनु कहिले कहिले, गर्भधारणलगत्तै पतिले विशेष हेरविचार गर्नेगर्छन्। गाह्रोसाह्रो काम गर्न दिँदैनन्। सासु, नन्द, आमाजुले पनि उत्तिकै स्याहार गर्छन्। सुत्केरी हुँदा त घरको सफा कोठामा राखी न्यानो लुगा दिएर, मासु तथा झोलिलो पौष्टिक खाना दिन्छन्। सेकाउने, मालिस गरिदिने आदिबाट पूरै आराम गराउँछन्। पति आफैँले लुगा धोइदिने वा घरका अन्यले सहयोग गर्छन्। तर, जुम्लामा किन यस्तो व्यवहार गरेको?
एउटै नेपालको पहाडी भेक र हिमाली भेक अनि एक छेउबाट अर्को छेउमा कति फरक चलन? के यो सबै मान्छेले नै बनाएका होइनन् र?
पश्चिमा मुलुकमा गर्भबस्नु अघि दुबै मिलेर राम्रोसँग योजना बनाउँछन् – कहिले पाउने, कति पैसा चाहिन्छ, पत्नीको स्वास्थ्य स्थिति ठीक छ छैन डाक्टरसँग कहिले सल्लाह गर्ने आदि। पत्नीको गर्भावस्थाको सुरुको समाचार सुन्न पतिलगायत आफन्त र साथीभाइहरू व्यग्र प्रतीक्षा गर्छन्। सकारात्मक समाचार सुन्नासाथ उत्सव मनाउँछन्। बधाईको ओइरो लाग्छ। अनि बच्चालाई न्यानो लुगा तयार गर्ने, खेलौनादेखि बच्चालाई चाहिने सामान उपहार दिने काम सुरु हुन्छ। उनीहरूको लागि माया, आत्मीयता दर्शाउने एउटा अवसर हुनेगर्छ जुन कुनै हालतमा पनि गुमाउन चाहँदैनन्। गर्भवती महिलालाई सुखी र खुसी पार्ने प्रयास सबैले गर्छन्। गर्भवती महिलाको मानसिक तथा शारीरिक स्थितिले आउने बच्चाको स्वास्थ्यमा ठूलो असर पार्छ भन्छन्। त्यसैले होला, गर्भावस्था र सुत्केरी अवस्थाको हरेक पलको खुसीलाई टाढाटाढाका साथीसंगीसँग बाँड्न लालायित हुन्छन्।
अस्पतालमा सुत्केरी हुँदा पतिलाई अनिवार्यरूपमा पत्नीसँगै राख्छन्। सहयोग, माया दिँदै प्रसव पीडा बाँड्ने चलन छ। पति कुनै कारण विशेषले पत्नीको प्रसवावस्थामा उपस्थित हुन नसके मानवीय भावनाबाट च्युत भएको भन्दै पारपाचुकेसमेत हुँदा रहेछ। सुत्केरीपछि पनि पतिले बच्चा र आमालाई पूरा तनमनले स्याहार्छन्। राति आमालाई राम्रो निन्द्रा र आराम चाहिन्छ भनेर आफूले बच्चा च्यापेर पत्नीलाई सुत्न दिन्छन्।
विदेशका कुरा छाडौं, काठमाडौंतिर आजभोलि गर्भ रहेको खबर पाउनासाथ मिठाइ बाँड्ने चलन सुरु भएको छ। गर्भवतीको विशेष स्याहार गर्ने, प्रशस्त आराम र पोषिलो खाना दिने गर्छन्। सुत्केरी हुँदा उत्सवको रूपमा लिन्छन्। गर्भावस्थाको हरेक पललाई 'इन्ज्वाय्' गर्न दिइन्छ। नेवार संस्कृतिलाई हेर्ने हो भने सुत्केरी भएको करिब एक महिना घरमा र त्यसपछि डेढ दुई महिना माइतमा बसेर सुत्केरी स्याहार्छन्। दिनमा ४ छाक पोषिलो खाना दिन्छन्। आफ्नो घरमा तेल लगाइदिने मान्छे छैन भने भाडामा मान्छे लगाएर पनि स्याहार्ने चलन छ।
सन् १९९७ मा सप्तरीमा काम गर्दा स्पेनकी सहकर्मी गर्भवती थिइन्। उनकी बृद्धा आमालाई फोनबाटमात्र कुरा गरेर चित्त नबुझेर आफ्नी छोरीको मनपर्ने खानेकुरा पकाएर खुवाउनलाई स्पेनदेखि सप्तरी पुगेकी थिइन्। यता अर्की आमाको कुरा गरौं। जुम्लामा गत महिना एउटा तालिमका क्रममा तलियुम (हाल चन्दननाथ नगरपालिका) को श्रीदुष्का गाउँमा भ्रमण गर्दा झरी परेको थियो। माइत आएकी डेढ महिनाकी सुत्केरी छोरीलाई महिनावारी भएको भन्दै उनकी आमाले गोबर र हिलो भएको गोठमा बस्न बाध्य गराएको देखियो। सानो बच्चालाई एउटा खास्टोमा बेरेर त्यहीँ भुईंमा राखेका थिए। त्यहीबेला हाम्रो साथमा रहेकी नर्स राधा पौडेलले बुझ्दा, सुत्केरी भएपछि पाठेघरमा बाँकी रहेका सालका टुक्रा झरेको रहेछ। यस्तो बेला त्यसरी बेवास्ता गरी फोहरमा बस्दा, ज्वरो आएमा आमाको मृत्युसमेत हुन सक्थ्यो। उनलाई माथि कोठामा लगेर राख्न र तुरुन्त स्वास्थ्य जाँच गराउनका लागि आफ्नै आमालाई कुरा बुझाउन धेरै नै जोडबल गर्नुपर्यो। महिनावारी भएकीलाई घरभित्र राख्दा देउता लाग्छन् भन्ने अन्धविश्वासले २१ औं शताब्दीमा पनि गोठमा बस्ने (छाउपडी) संस्कार दुःख लाग्दो हो।
हाँकुका नियापानी गाउँमा एकजना समाज सुधारकले भनेका थिएः पहिलापहिला छोरी पाए ३ महिना र छोरा पाए ६ महिना मासु खान हुँदैन भन्ने धारणा थियो। पछि परिवर्तन भयो र मासु खान दिन थाले। यस्तै समाजमा एक दुईजना सुरो महिला र पुरुष निस्कनु पर्यो, जसले कुरीति तथा आफ्नै शरीरलाई हानी नोक्सानी पुर्याउने खालका प्रचलन परिवर्तन गराओस्। स्वस्थ बन्न र बनाउन सबैले आआफ्नो घरबाट सुरु गर्नैपर्छ। नेपालको अन्तरिम संविधान, २०६३ को धारा- २० ले पनि यौन तथा प्रजनन स्वास्थ्यलाई विशेष अधिकारमा स्थान दिएको छ। आमा हुन पाउनु उनको स्वतन्त्रता र स्वनिर्णय भनेको छ। आमाहरूलाई विशेष रुपमा सफा ठाउँमा राखी राम्ररी स्याहार्ने कर्तव्य विशेषतः पति तथा घरपरिवारको हुन्छ।
(जुम्लामा महिला सशक्तीकरण कार्यक्रमसँग आबद्)
Thursday, September 18, 2014
When we reached to Gothigaun
गोठीगाउँ पुग्दा
– शोभा शाक्य
जुम्ला आएदेखि गोठीचौरको बयान सुनेकी थिएँ । त्यहाँको लेक, चरण, डाँडा, खोला, आदिको प्राकृतिक सौन्दर्य लुट्न र त्यहाँ प्रसस्त पाइने दूध, दही, खीर खानका लागि सहकर्मी साथीहरू सबै उत्साहित थिए । तुरुन्तै महिला सशक्तिकरण तथा जीविकोपार्जन सुधार कार्यक्रमको एउटा तालिम त्यहिं गएर गर्ने निधो भयो “एक पन्थ तीन काज” । तीन साता अघिको कुरा हो, खलंगा बजारबाट दानसाँघु हुँदै अघि बढेदेखि हामी सबै ब्यग्र, एकले अर्कालाई सहयोग गर्ने, ख्याल गर्ने, बाटामा पाइएका स्याउ, मकै, काँक्रो, पानी आदिको उपभोग गर्दै, दायाँ बायाँ देखिएका सुन्दरतामा आफूलाई समाहित गर्दै क्यामेरामा कैद गर्दै साँझमा गोठीचौर पुग्यौंं । त्यहाँका मनोरम दृश्यले हामी सबैलाई पागल बनाएको थियो । गल्फकोर्ट जस्तै देखिने त्यो उपत्यकाको चरणमा किरा जस्ता देखिएका चौपाया हुन भनेर विश्वास गर्न हामीलाई गाह्रो भैरहेको थियो । हामी सबैले आ–आपूmलाई त्यहाँ पुग्न पाएकोमा भाग्यमानी ठान्यौं र भन्यौं यो मौसममा जुम्ला पुग्ने जोकोही त्यहाँ एक पटक पुग्नै पर्ने रहेछ ।
तालिम अवधि भर विशेष गरी दहिच्यूरा, खीर, तरकारी, दूध आदि धेरै खायौं । तालिम सकेपछि दुई समूहमा बाँडिने निर्णय भयो र बिहान सबेरै एक समूह गर्जाङ्गकोटको बाटो फर्किए र अर्को समूह गोठीचौर गाविसको गोठीगाउँ, बैसनी हुँदै डिल्लाीचौरको लासी तर्फ लाग्यौं । गोठीचौरबाट त्यस रुटमा हिंड्ने हामी सबै नयाँ थियौं । भेंडा फारामबाट ओरालो लाग्ने बित्तिकै गोठीचौरका डाँडाहरूबाट झरेका पानी, खोला, जंगलका मनोरम दृश्य हेर्दै हामी गोठीगाउँ निर पुग्यौं । गाउँ छिर्ने बाटो आउन थालेपछि फोहर बाटो जताततै दिशा देखिन थाल्यो “यो त खुल्ला दिशायुक्त क्षेत्र रहेछ” भन्दै हिंड्यौं । झन झन गाउँ छिर्न थालेपछि बढी फोहर देखियो “गु आयो गाउँ आयो” भनेको साँच्चै हो रहेछ । त्यहाँ अरु बिकल्प पनि थिएन हामीसँग । त्यसै रातभरी परेको पानीले त झन हेर्नै घिन लाग्दो भएको थियो । बाटो नहेरी हिंड्न पनि मिलेन कुल्चिएला भन्ने डर, हेरेर हिंड्दा झन बढी घिन हुने । नथुकुं भन्दा पनि नसकिने । थुक्दा थुक्दा घाँटी नै सुक्यो सबैको ।
गोठीगाउँ भित्र छिरेपछि झन बिजोग शुरु भयो । झरीले हिलै रहेको बाटो त्यसमा पनि वस्तुको, मान्छेको गोबरमा पानी परेपछि छरिएर, कुल्चिएर छ्यालबिछ्याको अवस्था । खुट्टै टेक्न नमिल्ने गाडिन्थ्यो । त्यस्तोमा पनि बच्चाहरू बिना जुत्ता हिंडेका । बिहानैदेखि केही पुरुष गाउँलेहरू खुट्टा लर्खराउँदै हिंडेका, कसरी जिउ र खुट्टा सन्तुलनमा राखे होलान् ?
गोठीगाउँ छिचोल्ने बित्तिकै काठमाडौंबाट आउनुभएका एकजना सरलाई घिनले भित्रै पेटदेखि निमोठेर बान्ता गरायो । भर्खरै हिंडेको बाटो देखेर बान्ता भएको हो ठीक भैहाल्छ भन्ने सोच्यौं, विस्तारै उहाँलाई डो¥याउँदै अगाडि बढ्यौं । तर बान्ता रोकिएन । त्यसपछि उहाँलाई ब्लडप्रेसर पनि भएको हुनाले बैसनि चढ्ने ठाडो उकालो नलगी गर्जाङ्गकोटको बाटोबाट फर्किएका साथिहरूसँग फोन सम्पर्क गरी उतैतिर फर्काउने सल्लाह भयो । तुरुन्तै अर्को टोलीका कमल खत्रीले मोटरसाइकल झिकाए र अप्ठेरो बाटोसम्म लिनका लागि आफै कुदे । हामी दिल्लीचौरको बाटो समाउनेहरू पनि उहाँको बान्ता नरोकिएकोमा निकै चिन्तामा हिंड्यौं । करिब १५ पटक बान्त गरेको सिथिल शरीरले मोटरसाइकल नभेटिउञ्जेल धेरै दुःख खेप्नु प¥यो । साधन पाएपछि विस्तारै होटल पुगेर प्रसस्त पानी खाँदा बल्ल ठीक भयो । कमजोर त बनायो तर अरु कुनै समस्या भएन । गोठीचौरको अघिल्लो दिनको रमाइलो एकैपलमा धुमिल्याइदियो गोठीगाउँ छिर्नाले । एक दर्जन मिलाएर हिंडेका टोली सबैको त्यो दिन पूरै दुःख र चिन्तामय बन्यो ।
नयाँ आगन्तुकहरू फोहर गाउँ देख्दा तुरुन्तै विरामी भएको सुनेर स्थनीय बासिन्दालाई लाग्न सक्छ – हामी पहिलेदेखि त्यस्तै ठाउँमा हुर्कियौं । तर फोहर भनेको राम्रो कुरा होइन, स्वास्थ्य तथा खानपिन आदि हरेक हिसाबले त्यहाँका बालबच्चा, विरामी, बृद्धाहरूलाई सजिलै असर गर्न सक्छ । बिरामी परेर औषधी खानु भन्दा सफा ठाउँमा बसेर स्वस्थ हुनु उत्तम । भनिन्छ, सफा ठाउँमा देवताले बास गर्छन् । हामीले रेडियो, टिभी, सिनेमा आदिमा सुने देखेको जस्तै आफ्नो गाउँ, ठाउँ सफा र सुन्दर बनाउने हो भने पर्यटकको के कमी जुम्लामा ?
(यो लेख, जुम्लाबाट प्रकाशित पहिलो स्थानीय दैनिक पत्रिका “कर्णाली सरोकार” २०७१ असोज १ बुधवार (२०१४ सेप्टेम्वर १७) पृष्ठ २ मा प्रकाशित हो ।)
जुम्ला आएदेखि गोठीचौरको बयान सुनेकी थिएँ । त्यहाँको लेक, चरण, डाँडा, खोला, आदिको प्राकृतिक सौन्दर्य लुट्न र त्यहाँ प्रसस्त पाइने दूध, दही, खीर खानका लागि सहकर्मी साथीहरू सबै उत्साहित थिए । तुरुन्तै महिला सशक्तिकरण तथा जीविकोपार्जन सुधार कार्यक्रमको एउटा तालिम त्यहिं गएर गर्ने निधो भयो “एक पन्थ तीन काज” । तीन साता अघिको कुरा हो, खलंगा बजारबाट दानसाँघु हुँदै अघि बढेदेखि हामी सबै ब्यग्र, एकले अर्कालाई सहयोग गर्ने, ख्याल गर्ने, बाटामा पाइएका स्याउ, मकै, काँक्रो, पानी आदिको उपभोग गर्दै, दायाँ बायाँ देखिएका सुन्दरतामा आफूलाई समाहित गर्दै क्यामेरामा कैद गर्दै साँझमा गोठीचौर पुग्यौंं । त्यहाँका मनोरम दृश्यले हामी सबैलाई पागल बनाएको थियो । गल्फकोर्ट जस्तै देखिने त्यो उपत्यकाको चरणमा किरा जस्ता देखिएका चौपाया हुन भनेर विश्वास गर्न हामीलाई गाह्रो भैरहेको थियो । हामी सबैले आ–आपूmलाई त्यहाँ पुग्न पाएकोमा भाग्यमानी ठान्यौं र भन्यौं यो मौसममा जुम्ला पुग्ने जोकोही त्यहाँ एक पटक पुग्नै पर्ने रहेछ ।
तालिम अवधि भर विशेष गरी दहिच्यूरा, खीर, तरकारी, दूध आदि धेरै खायौं । तालिम सकेपछि दुई समूहमा बाँडिने निर्णय भयो र बिहान सबेरै एक समूह गर्जाङ्गकोटको बाटो फर्किए र अर्को समूह गोठीचौर गाविसको गोठीगाउँ, बैसनी हुँदै डिल्लाीचौरको लासी तर्फ लाग्यौं । गोठीचौरबाट त्यस रुटमा हिंड्ने हामी सबै नयाँ थियौं । भेंडा फारामबाट ओरालो लाग्ने बित्तिकै गोठीचौरका डाँडाहरूबाट झरेका पानी, खोला, जंगलका मनोरम दृश्य हेर्दै हामी गोठीगाउँ निर पुग्यौं । गाउँ छिर्ने बाटो आउन थालेपछि फोहर बाटो जताततै दिशा देखिन थाल्यो “यो त खुल्ला दिशायुक्त क्षेत्र रहेछ” भन्दै हिंड्यौं । झन झन गाउँ छिर्न थालेपछि बढी फोहर देखियो “गु आयो गाउँ आयो” भनेको साँच्चै हो रहेछ । त्यहाँ अरु बिकल्प पनि थिएन हामीसँग । त्यसै रातभरी परेको पानीले त झन हेर्नै घिन लाग्दो भएको थियो । बाटो नहेरी हिंड्न पनि मिलेन कुल्चिएला भन्ने डर, हेरेर हिंड्दा झन बढी घिन हुने । नथुकुं भन्दा पनि नसकिने । थुक्दा थुक्दा घाँटी नै सुक्यो सबैको ।
गोठीगाउँ भित्र छिरेपछि झन बिजोग शुरु भयो । झरीले हिलै रहेको बाटो त्यसमा पनि वस्तुको, मान्छेको गोबरमा पानी परेपछि छरिएर, कुल्चिएर छ्यालबिछ्याको अवस्था । खुट्टै टेक्न नमिल्ने गाडिन्थ्यो । त्यस्तोमा पनि बच्चाहरू बिना जुत्ता हिंडेका । बिहानैदेखि केही पुरुष गाउँलेहरू खुट्टा लर्खराउँदै हिंडेका, कसरी जिउ र खुट्टा सन्तुलनमा राखे होलान् ?
गोठीगाउँ छिचोल्ने बित्तिकै काठमाडौंबाट आउनुभएका एकजना सरलाई घिनले भित्रै पेटदेखि निमोठेर बान्ता गरायो । भर्खरै हिंडेको बाटो देखेर बान्ता भएको हो ठीक भैहाल्छ भन्ने सोच्यौं, विस्तारै उहाँलाई डो¥याउँदै अगाडि बढ्यौं । तर बान्ता रोकिएन । त्यसपछि उहाँलाई ब्लडप्रेसर पनि भएको हुनाले बैसनि चढ्ने ठाडो उकालो नलगी गर्जाङ्गकोटको बाटोबाट फर्किएका साथिहरूसँग फोन सम्पर्क गरी उतैतिर फर्काउने सल्लाह भयो । तुरुन्तै अर्को टोलीका कमल खत्रीले मोटरसाइकल झिकाए र अप्ठेरो बाटोसम्म लिनका लागि आफै कुदे । हामी दिल्लीचौरको बाटो समाउनेहरू पनि उहाँको बान्ता नरोकिएकोमा निकै चिन्तामा हिंड्यौं । करिब १५ पटक बान्त गरेको सिथिल शरीरले मोटरसाइकल नभेटिउञ्जेल धेरै दुःख खेप्नु प¥यो । साधन पाएपछि विस्तारै होटल पुगेर प्रसस्त पानी खाँदा बल्ल ठीक भयो । कमजोर त बनायो तर अरु कुनै समस्या भएन । गोठीचौरको अघिल्लो दिनको रमाइलो एकैपलमा धुमिल्याइदियो गोठीगाउँ छिर्नाले । एक दर्जन मिलाएर हिंडेका टोली सबैको त्यो दिन पूरै दुःख र चिन्तामय बन्यो ।
नयाँ आगन्तुकहरू फोहर गाउँ देख्दा तुरुन्तै विरामी भएको सुनेर स्थनीय बासिन्दालाई लाग्न सक्छ – हामी पहिलेदेखि त्यस्तै ठाउँमा हुर्कियौं । तर फोहर भनेको राम्रो कुरा होइन, स्वास्थ्य तथा खानपिन आदि हरेक हिसाबले त्यहाँका बालबच्चा, विरामी, बृद्धाहरूलाई सजिलै असर गर्न सक्छ । बिरामी परेर औषधी खानु भन्दा सफा ठाउँमा बसेर स्वस्थ हुनु उत्तम । भनिन्छ, सफा ठाउँमा देवताले बास गर्छन् । हामीले रेडियो, टिभी, सिनेमा आदिमा सुने देखेको जस्तै आफ्नो गाउँ, ठाउँ सफा र सुन्दर बनाउने हो भने पर्यटकको के कमी जुम्लामा ?
(यो लेख, जुम्लाबाट प्रकाशित पहिलो स्थानीय दैनिक पत्रिका “कर्णाली सरोकार” २०७१ असोज १ बुधवार (२०१४ सेप्टेम्वर १७) पृष्ठ २ मा प्रकाशित हो ।)
Tuesday, September 16, 2014
Delicious Apple, Sour Feeling in Jumla
जुम्लामा मीठो स्याउ, अमिलो मन
शुक्रवारको दिन डेरामा फर्कंदा घरपेटीको छोरा, उनी जुम्लाको मेरो सानो साथी, पारसले आफ्नो स्याउको बगैंचाको वारे कुरा गर्दैथियो । मैले तत्कालै उनलाई भोली बिहानै उसको स्याउ बगैंचा घुम्न जाने प्रस्ताव राखें, हाम्रो योजना तुरुन्तै बन्यो ।शनिवारको दिन बिहान साढे छ बजे नै मेरो सानो साथी पारस र म चिया खाएर बगैंचा जाने बाटो समायौं । बाटोमा हिलो होला भनी दुबैले गमबुट लगाएका थियौं । बगैंचा हेर्ने मनमा अनेक उत्ताल तरंग र स्याउ आफै टिपेर खाने लालसाका साथ मालाभिडदेखि ठाडो उकालो चढ्न थाल्यौं । मलाई पारसको पाइला भेट्टाउन मुस्किल भैरहेको थियो । नाङ्गो डाँडोको त्यो उकालोमा नाकबाट मात्र नभ्याएर सास छिटोछिटो मुखबाट भित्रबाहिर गर्न थालेको थियो । तरै पनि बीच बीचमा धेरै पटक रोकिएर सासलाई निकास दिनुप¥यो । यहीबेला पछाडि फर्केर हेर्दा खलङ्गा बजार, तिला खोला, एअरपोर्ट, डाँडाहरू साह्रै सुन्दर देखिएका थिए । त्यहिं बसेर हेरिरहुँ जस्तो ।
नाङ्गो डाँडो छिचोले पछि सल्लाको जंगल भित्र छि¥यौं । म भने बाटोमा भेटेजति स्याउको भारी लिएर फर्केका महिलासँग बोल्दै गएँ । पारसका सबै आफन्तको उतैतिर बर्गैंचा र जग्गा रहेछ । उनी भेटेका महिलाको साइनो देखाउँदै जान थाले । माथि बगैंचाबाट तल झर्नेमा केटाहरू २ – ४ जना मात्र खाली थिए बाँकी सबै महिला, युवती तथा साना नानीसँग आफूभन्दा ठूला भारी थिए । बिहान ७ बज्दा ८० किलो जतिको स्याउ टिपेर, भारी बनाएर तल झरिसकेकाहरू कति बेला उठेर गएका होलान् ? जुम्लामा गरीखाने महिला एकजना पनि मोटोघाटो देखिन । मात्र ४० – ४५ किलोका महिलाले आफूभन्दा ठूलो ८० किलोको भारी कसरी बोक्न सके ? अचम्म लाग्यो । त्यो पनि ठाडो ओरालो त्यत्रो भारीले थिच्ने गरी कसरी झरे होलान् ? जिउ नै सिरिङ्ग भयो । फेरि अँध्यारैमा जंगल जाँदा विशेषगरी नानी तथा युवती कत्तिको सुरक्षित हुन्छ होला भन्ने मनमा लागिरह्यो । विस्तारै पारसलाई सोधें यहाँ –डरलाग्दो हुँदैन ? उसले बाल सुलभ हिसाबले सहजै उत्तर दिए – यहाँ कहिले काहिं भालु आउँछ अरु डर हुँदैन । मलाई लाग्यो– महिलालाई जनावरको भन्दा ठूलो डर त राक्षस स्वभावका मान्छेको पो हुन्छ भन्ने कुरा पारसले कहिले बुझ्ला ? अनि चुपचाप उनलाई पछ्याएँ ।
पछि थाहा पाएँ महिलाको महिनावारी हुँदा २ दिनसम्म फलपूmको बोट छुन नहुने रहेछ, बिरुवा तथा रुख सुक्ला भनेर । त्यसैले त्यो बेला केटाहरू वा साथीहरूले फल टिपी दिंदा रहेछन् तर महिनावारी हुँदा भारी भने बोक्न हुँदोरहेछ । स्याउ टिप्न गएका केटाहरू पनि भारी बोक्दा अरुले गिज्याउँछन् भनेर खाली फर्किएको देखेर गाली पनि गरें । शनिवारको दिन त फुर्सदका केटाहरू २ – ४ जना मिलेर सँगै भारी बनाएर महिलालाई सहयोग गर्ने हो भने त अरुले पनि गर्न थाल्थे । यो मौसममा खलंगाबाट जुनै दिशातिर लागे पनि स्याउका ठूला ठूला भारी बोकेका महिला मात्र भेटिन्छन् । लाग्छ– जुम्लामा पुरुषनै छैनन् अथवा महिलाले झैं पुरुषमा ८० किलो भारी बोक्ने बर्कत पो छैन की ।
हामी माथी लाग्दै गयौं, डाँडाको माथी सानो चौर जस्तो मजाको ठाउँ आयो त्यसलाई “घामताप्ने” भन्दो रहेछ, शायद जाडोमा त्यहाँ घामताप्ने गर्छन् होला । डेढघण्टा हिंडेपछि बल्ल “मेलखाने” पुग्यौं जहाँ पारसको बगैंचा छ । त्यहाँ स्याउ फलेको देखेर मेरो त आँखा ठूलो भै सासै अड्कियो, रुखबाट लगातार ४ दाना स्याउ टिपेर खाएँ, पेटै भरियो । बोटले थाम्नै नसकेर भुईंमा लत्रेको रातै स्याउको बुटाहरू देखेर यती खुशी लाग्यो कि काठमाडौंका परिवार, साथीहरू सम्झन थालें र त्यहिंबाट फोन गर्दै स्याउको वर्णन गर्न थालें स्याउ टिप्दै खाँदाको रमाइलो ।
जुम्लाको मीठो स्याउ त खाएँ तर त्यही स्याउले जुम्लामा महिलाको कार्यबोझ बढाएको देख्दा छिनमै मन खिन्न भयो । स्याउ हुन्थेन भने अँध्यारोमै उठेर स्याउ टिप्न टाढा टाढा बगैंचासम्म जाने र आफूभन्दा ठूलो भारी बोक्ने गर्नु पर्थेन होला जस्तो लाग्यो । खैर, महिलाले यसरी पसिना बगाएर कमाएको पैसामा कति प्रतिशत महिलाको आफ्नो नियन्त्रण हुन्छ होला ? निश्चय पनि बहुसंख्यक पुरुषले स्याउबाट आएको आम्दानी माथी नियन्त्रण राख्दा हुन् । ती महिलाले दुःख गरेको देख्दा, एउटा ज्यामीलेभन्दा बढी (ज्यामीले ८ घण्टा मात्र काम गर्छ) काम गर्नु परेको देख्दा मेरो मन साह्रै निचोरियो । पुरुषले बाहिर चियापसल, वा कतै मनोरञ्जनमा भुल्नुको साटो महिलाको काँधमा काँध मिलाउने हो भने महिलालाई पनि अलि हल्का हुने थियो । घर पनि सुन्दर हुन्थ्यो । आखिर महिला पनि त मानव शरीर धारी नै हुन् । बाटोमा एउटी महिलालाई “कत्ति ठूलो भारी बोकेको” भन्दा उनको जवाफ थियो “हाम्रो शरीर रबरको हो नी ।” यो उत्तरले सिधै मेरो मनमा मात्र नभै आँखामा समेत आक्रमण गरेको थियो, अनि मेरो दिमागले भन्यो “तिमी रबरको होइन, इस्पातकी हौ” ।
पारसको मम्मीले हिजो मात्रै २.५ क्वीन्टल स्याउ बेचेको सुनाएकी थिइन् । हेर्दै ट्वाक्क भाँच्चिएला जस्ती लिखुरी मम्मीले महिनावारी भएको बेला यत्तिका स्याउ बोक्दा उनको जीउ के भयो होला ? पक्कै पनि उनले कमाएको पैसा त घरै लग्छिन्, बाहिर एक कप चियासमेत नखाएर । यो आम्दानीले पुरुषलाई निकै सजिलो बनाएको हुँदो हो तर उनी बिरामी परीन् वा ओखतीमूलो गर्नु प¥यो वा रुखो खाना र कामको बोझले पाठेघर खस्यो भने त त्यसरी दुःख गरी कमाएको पैसा त अस्पताल पो जाला भन्ने सम्झेर डर लाग्यो । म यहि भावनामा पौडडैं थिएँ पारसले – दिदी स्याउ टिपेर लानुस् कोठामा खानलाई भन्दा झसँग भएँ । मेरो मन त्यसै ती बाटोमा भेटिएका महिलाको स्याउ भारीले अमिलो भैसकेको थियो । त्यसैले मैले पारसलाई भने “हेर रुखमा भएको जहिले टिपे पनि हुन्छ, महिलाको मेहनत परेको खेर फाल्नुहुँदैन” भन्दै उसको मम्मीले भुईंमा छुटाएर गएको र अलि अलि दाग भएर छोडेका स्याउ जम्मा गर्न थालें । रुखको पनि माटोमा लत्रेको मात्र स्याउ टिपेर सानो झोला बनाएँ । पारस छक्क प¥यो । उसको पनि सानो भारी थियो । अब हामी दुबै गफ गर्दै फर्किन थाल्यौं । लाजै मर्दो, हामीलाई ती सानो झोला पनि भारी लागेको थियो ।
घर आइपुग्दा पारसको मम्मीलाई मैले बोटको स्याउ बचाएर भुईंको माटो लागेको स्याउ मात्र ल्याएको र त्यसको कारण जुम्लामा महिलाको दुःख देखेर हो भनी सुनाउँदा उनी साह्रै भावुक भइन्, निशब्द भै “च्व.. च्व..” मात्र गरिन् । मेरो भने जुम्लाको मीठो स्याउ खाएपनि मन अमिलो भइ नै रह्यो ।
शोभा शाक्य
(This article was published in Nagarik Daily of 2071 Bhadra 30
(2014/09/15) Monday, page – 7)
Monday, September 15, 2014
Dhaami & Science
धामी र विज्ञान
गत महिना जनै पूर्णिमाको बेला जुम्ला पूरै संगीतमय भएको थियो । जताततै ढोलक बजाएर धामीहरू उफ्रँदै हिंडेको देखिन्थ्यो । अझ थानहरूमा त धामीहरू पतुरेको हेर्दा निकै गाह्रो र भयानक देखिन्थ्यो । सुनिन्छ, पहिला पहिला पुरुषमा मात्र धामी जाग्थ्यो रे तर आजभोली पुरुषभन्दा महिला धामी बढ्न थालेका छन् । शायद महिलाहरूमा धार्मिक आस्था बढी हुने र कमलो मनका हुनाले ढोलकको ताल सुनेर तुरुन्तै त्यसैतालमा आफूलाई समाहित गराउने, लट्ठ भएर त्यसैमा समर्पित हुने हुन सक्छ ।कर्णाली क्षेत्रमा धामी शब्द नसुन्ने तथा पतुरेको नदेख्ने कोही पनि नहोलान् बरु जीवनमा डाक्टर नदेख्ने कणार्लीवासी धेरै होलान् । जुम्लामा एउटा धामीले देउटा चढेको बेला निलेको फलामको रालो करिब २ महिना पछि कर्णाली विज्ञान प्रतिष्ठानका डाक्टर निरेश थापाले भरखरै अपरेशन गरेर झिकिदिए धामीलाई बचाए । यो समाचार अहिले जुम्लामा हरेकको घर, पसलमा चियागफको विषय बनेको छ । हुन पनि यदि समयमै डाक्टरले त्यो पेटभित्र गाडिएको डण्डी नझिक्ने हो भने त्यो धामी अहिले बाँच्ने आश हुन्थेन होला । त्यसैले हामीले आजको विज्ञानलाई नकार्न सक्दैनौं भने विज्ञानको सकारात्मक उपादेयताको वेवास्ता गर्नु पनि हुँदैन ।
श्रीदुष्का, तलियुमका बल बहादुर तिरुवा हाल आफै पनि युवा धामी हुन् । उनले १५ वर्षको उमेरमै विवाह गरे, एउटा बच्चा भएपछि बच्चा थामिदै थामिएन । त्यसपछि धामी झाँक्रीका पछि लागे, उनीहरूले भने झैं मुइयूँ (पितृ) छुटाउनका लागि कुखुरा काटे, बोका काटे । बाहुन राखेर पुराण लगाउने, भूत भगाउने आदि पटक पटक यस्तै प्रयास गरे । करिब ५०–६० हजार रुपैया खर्च गरे तर केही फाइदा भएन । उनकी श्रीमतीको ३ वटासम्म बच्चा खेर गयो । पछि इटालीएन फाउण्डेशनको आर्थिक सहयोगमा महिला सशक्तिकरण तथा जीविकोपार्जन कार्यक्रम अन्तरगत बीग्रूपले स्थानीय महिलाको पाठेघर जाँच्ने कार्यक्रम गाविसमै आयोजना गरेको बेला आफ्नी श्रीमतीलाई आमाले पर्दैन भन्दा भन्दै त्यहाँ लगेर जचाए, सुर्खेत अस्पतालमा जचाए तर पाठेघरमा खासै केही समस्या देखिएन । पछि बल बहादुरले त्यही परियोजनाले चलाएको प्रजनन स्वास्थ्य र लैंगिक हिंसा सम्बन्धी एउटा तालिममा भाग लिने मौका पाए । उनी भन्छन् – त्यसपछि मैले केही बुझें जस्तो लाग्छ । अनि उसले पुनः गर्भवती भएकी श्रीमतीलाई गाह्रो साह्रो काम गर्न दिएनन् । घरका सामान्य काम मात्र दिए । यसका लागि उनले आफ्ना बुबा आमासँग संघर्ष गर्नु प¥यो । बुबा आमा खेतीपाती बर्बाद भयो भनेर कराए । तर पनि बल बहादुरले हार मानेनन् बरु आफ्ना अभिभावकलाई बुझउन प्रयास गरे । अन्तमा ९ महिनाको गहन प्रतिक्षा पछि हेल्थ पोष्ट लगेर स्वस्थ बच्चा जन्माए । सुत्केरीलाई गोठमा राख्नु हुँदैन भनी कोठामा राखे, यसमा उनका आमा रिसाए । तर पनि हिम्मत नहारी आमालाई सम्झाउन सफल भए उनी । अहिले पहिलो बच्चा भएको ८ वर्ष पछिको यो बच्चा ३ महिनाको भएको छ । आमा बच्चा दुबै स्वस्थ छन् ।
तालिमले उनमा र उनको परिवारमा परिवर्तन ल्याएको छ । आफू धामी भएपनि महिनावारी भएका घरका महिलाहरू गोठमा नराखी घरमै बस्ने गराएका छन् उनकै गाउँका ४ परिवारले महिनावारी बार्न छोडिसकेका छन् ।
हाँकुका एक धामी भन्छन् – आफू धामी भएपनि महिनावारी भनेको प्राकृतिक कुरा भएकोले गोठ बस्ने र बार्ने गर्न नपर्ने सल्लाह दिन्छन् । किनभने आजको समयमा घरै बसेर टर्दैन, गाडी चढ्दा, अफिसहरू, पसलहरू जाँदा महिलाहरूलाई छोइहालिन्छ । उनीहरू महिनावारी भएकै होलन् तर आफूले त्यस्ता कुरामा विस्वास नगर्दा आफूलाई केही नभएको बताउँछन् ।
यसरी समाजका अगुवा तथा धामीहरूले विज्ञानले प्रमाणित गरेका कुरालाई अँगाल्ने, पहिलादेखि चलि आएको भएपनि आफ्नो स्वास्थ्य, परिवार, समाजलाई हानी पु¥याउने तथा दुःख हुने, ज्यानको पनि पैसाको पनि नाश हुने खालका संस्कृतिहरूमा परिवर्तन ल्याउन हतार भएको छ । अगुवाले जे ग¥यो अरुले सजिलै अनुकरण गर्छन् । जुम्लाका अधिकांश मान्छेहरू सुर्खेत, नेपालगंज, काठमाडौं, भारत अझ अन्य देशमा पुगेका छन् । उनीहरूले त्यहाँ देखेका राम्रा कुराहरू लिएर आफ्नो गाउँमा फर्केपछि आफूले प्रयोग गर्ने र सकिन्छ भने गाउँमा सिकाउने हो भने यो जुम्ला अझ सुन्दर हुने थियो ।
शोभा शाक्य
(यो लेख जुम्लाबाट प्रकाशित पहिलो पत्रिका “कर्णाली सरोकार दैनिक” २०७१ भाद्र २८ गते शनिवार (१३ सेप्टेम्वर, २०१४) (वर्ष १ अंक ५९) को पृष्ठ २ मा प्रकाशित भएको हो ।)
Subscribe to:
Comments (Atom)
