गोठीगाउँ पुग्दा
– शोभा शाक्य
जुम्ला आएदेखि गोठीचौरको बयान सुनेकी थिएँ । त्यहाँको लेक, चरण, डाँडा, खोला, आदिको प्राकृतिक सौन्दर्य लुट्न र त्यहाँ प्रसस्त पाइने दूध, दही, खीर खानका लागि सहकर्मी साथीहरू सबै उत्साहित थिए । तुरुन्तै महिला सशक्तिकरण तथा जीविकोपार्जन सुधार कार्यक्रमको एउटा तालिम त्यहिं गएर गर्ने निधो भयो “एक पन्थ तीन काज” । तीन साता अघिको कुरा हो, खलंगा बजारबाट दानसाँघु हुँदै अघि बढेदेखि हामी सबै ब्यग्र, एकले अर्कालाई सहयोग गर्ने, ख्याल गर्ने, बाटामा पाइएका स्याउ, मकै, काँक्रो, पानी आदिको उपभोग गर्दै, दायाँ बायाँ देखिएका सुन्दरतामा आफूलाई समाहित गर्दै क्यामेरामा कैद गर्दै साँझमा गोठीचौर पुग्यौंं । त्यहाँका मनोरम दृश्यले हामी सबैलाई पागल बनाएको थियो । गल्फकोर्ट जस्तै देखिने त्यो उपत्यकाको चरणमा किरा जस्ता देखिएका चौपाया हुन भनेर विश्वास गर्न हामीलाई गाह्रो भैरहेको थियो । हामी सबैले आ–आपूmलाई त्यहाँ पुग्न पाएकोमा भाग्यमानी ठान्यौं र भन्यौं यो मौसममा जुम्ला पुग्ने जोकोही त्यहाँ एक पटक पुग्नै पर्ने रहेछ ।
तालिम अवधि भर विशेष गरी दहिच्यूरा, खीर, तरकारी, दूध आदि धेरै खायौं । तालिम सकेपछि दुई समूहमा बाँडिने निर्णय भयो र बिहान सबेरै एक समूह गर्जाङ्गकोटको बाटो फर्किए र अर्को समूह गोठीचौर गाविसको गोठीगाउँ, बैसनी हुँदै डिल्लाीचौरको लासी तर्फ लाग्यौं । गोठीचौरबाट त्यस रुटमा हिंड्ने हामी सबै नयाँ थियौं । भेंडा फारामबाट ओरालो लाग्ने बित्तिकै गोठीचौरका डाँडाहरूबाट झरेका पानी, खोला, जंगलका मनोरम दृश्य हेर्दै हामी गोठीगाउँ निर पुग्यौं । गाउँ छिर्ने बाटो आउन थालेपछि फोहर बाटो जताततै दिशा देखिन थाल्यो “यो त खुल्ला दिशायुक्त क्षेत्र रहेछ” भन्दै हिंड्यौं । झन झन गाउँ छिर्न थालेपछि बढी फोहर देखियो “गु आयो गाउँ आयो” भनेको साँच्चै हो रहेछ । त्यहाँ अरु बिकल्प पनि थिएन हामीसँग । त्यसै रातभरी परेको पानीले त झन हेर्नै घिन लाग्दो भएको थियो । बाटो नहेरी हिंड्न पनि मिलेन कुल्चिएला भन्ने डर, हेरेर हिंड्दा झन बढी घिन हुने । नथुकुं भन्दा पनि नसकिने । थुक्दा थुक्दा घाँटी नै सुक्यो सबैको ।
गोठीगाउँ भित्र छिरेपछि झन बिजोग शुरु भयो । झरीले हिलै रहेको बाटो त्यसमा पनि वस्तुको, मान्छेको गोबरमा पानी परेपछि छरिएर, कुल्चिएर छ्यालबिछ्याको अवस्था । खुट्टै टेक्न नमिल्ने गाडिन्थ्यो । त्यस्तोमा पनि बच्चाहरू बिना जुत्ता हिंडेका । बिहानैदेखि केही पुरुष गाउँलेहरू खुट्टा लर्खराउँदै हिंडेका, कसरी जिउ र खुट्टा सन्तुलनमा राखे होलान् ?
गोठीगाउँ छिचोल्ने बित्तिकै काठमाडौंबाट आउनुभएका एकजना सरलाई घिनले भित्रै पेटदेखि निमोठेर बान्ता गरायो । भर्खरै हिंडेको बाटो देखेर बान्ता भएको हो ठीक भैहाल्छ भन्ने सोच्यौं, विस्तारै उहाँलाई डो¥याउँदै अगाडि बढ्यौं । तर बान्ता रोकिएन । त्यसपछि उहाँलाई ब्लडप्रेसर पनि भएको हुनाले बैसनि चढ्ने ठाडो उकालो नलगी गर्जाङ्गकोटको बाटोबाट फर्किएका साथिहरूसँग फोन सम्पर्क गरी उतैतिर फर्काउने सल्लाह भयो । तुरुन्तै अर्को टोलीका कमल खत्रीले मोटरसाइकल झिकाए र अप्ठेरो बाटोसम्म लिनका लागि आफै कुदे । हामी दिल्लीचौरको बाटो समाउनेहरू पनि उहाँको बान्ता नरोकिएकोमा निकै चिन्तामा हिंड्यौं । करिब १५ पटक बान्त गरेको सिथिल शरीरले मोटरसाइकल नभेटिउञ्जेल धेरै दुःख खेप्नु प¥यो । साधन पाएपछि विस्तारै होटल पुगेर प्रसस्त पानी खाँदा बल्ल ठीक भयो । कमजोर त बनायो तर अरु कुनै समस्या भएन । गोठीचौरको अघिल्लो दिनको रमाइलो एकैपलमा धुमिल्याइदियो गोठीगाउँ छिर्नाले । एक दर्जन मिलाएर हिंडेका टोली सबैको त्यो दिन पूरै दुःख र चिन्तामय बन्यो ।
नयाँ आगन्तुकहरू फोहर गाउँ देख्दा तुरुन्तै विरामी भएको सुनेर स्थनीय बासिन्दालाई लाग्न सक्छ – हामी पहिलेदेखि त्यस्तै ठाउँमा हुर्कियौं । तर फोहर भनेको राम्रो कुरा होइन, स्वास्थ्य तथा खानपिन आदि हरेक हिसाबले त्यहाँका बालबच्चा, विरामी, बृद्धाहरूलाई सजिलै असर गर्न सक्छ । बिरामी परेर औषधी खानु भन्दा सफा ठाउँमा बसेर स्वस्थ हुनु उत्तम । भनिन्छ, सफा ठाउँमा देवताले बास गर्छन् । हामीले रेडियो, टिभी, सिनेमा आदिमा सुने देखेको जस्तै आफ्नो गाउँ, ठाउँ सफा र सुन्दर बनाउने हो भने पर्यटकको के कमी जुम्लामा ?
(यो लेख, जुम्लाबाट प्रकाशित पहिलो स्थानीय दैनिक पत्रिका “कर्णाली सरोकार” २०७१ असोज १ बुधवार (२०१४ सेप्टेम्वर १७) पृष्ठ २ मा प्रकाशित हो ।)

No comments:
Post a Comment