फुल्न नसकेको फुल्पिङकोट
- बुधबार २५ कार्तिक, २०७२
- शोभा शाक्य
- DISQUS_COMMENTS
0 5 Google +0 0 0
मासाहिरो इसियाकीले यसै साता 'मंगलबारको दिन सिंगापुरमा दीपावलीको छुट्टी छ, तिमीलाई पनि दीपावलीको शुभकामना' भन्दै लेखेको इमेल पढ्दा धेरै खुसी लाग्यो । सिंगापुरका सरकारी कार्यालयमा छुट्टी गरेर दीपावली मनाउने बेला नेपाल भने शोकमा डुबेको छ ।
मासाहिरोको इमेल पढेलगत्तै सिन्धुपाल्चोक जिल्लाको फुल्पिङकोट गाविस पुग्दा दिनभर उनको इमेल बारबार सम्झना आइरह्यो ।
२०७२ वैशाख १२ र २९ गतेका महाभूकम्प र त्यसपछिका अनगिन्ति अनुकम्पनले सबैभन्दा बढी क्षत्विक्षत् १४मध्ये एक सिन्धुपाल्चोक जिल्लामा सबैभन्दा धेरै मानव क्षति (३०५७ जना) भयो । ३१४ जना विद्यार्थीले आफ्ना अभिभावक गुमाए । सरकारी तथ्यांकअनुसार सिन्धुपाल्चोकमा ९२ प्रतिशत घर माटो र इँटा÷ढुंगाका छन् । संयुक्त राष्ट्र संघको प्रतिवेदनले यस जिल्लाका पुराना र समयमा मर्मत नभएका कारण ९० प्रतिशत भन्दा बढी घर भत्केको उल्लेख गरेको छ । सदरमुकाम चौताराको अवस्था अत्यन्त कहालीलाग्दो छ । त्यहाँ भूकम्पले बस्न नमिल्ने र भत्काउन पनि नसकेका पक्की भवन दिन कुरेर बसेकाझैं देखिन्छन् । सबैजसो अन्तर्राष्ट्रिय गैससले पालमुनी कार्यालय सञ्चालन तथा बास बस्ने र खाने गर्दै आएका छन् । यस जिल्लाका ७९ गाविसमध्येको फुल्पिङकोट गाविसमा शतप्रतिशत घर र सम्पूर्ण (११ वटा) स्कुल भवनसमेत भत्केका छन् ।
म भर्खरै फुल्पिङकोट गाविस पुग्दा सबैतिर अस्थायी टहरामात्र देखेँ । भत्केर, चर्केर लथालिंग ठडिइरहेका घरहरू भने भित्रभित्रै सुंकसुकाइरहेका जस्ता देखिन्छन् । गाउँमा जो भेटे पनि आफ्ना घरका भग्नावशेष देखाउँदै 'मेरो घर त्यहाँ थियो' भन्छन् । घर भत्के पनि त्यसप्रतिको मोह भत्केको छैन । अहिले सबैजना जस्ता, ढुंगाले बनेका अस्थायी टहरा र गोठ तथा अझ कतिपयको पालमुनी बास भइरहेको अवस्था छ । गाविस कार्यालय र स्वास्थ्य चौकीसमेत पालमै देखिन्छन् ।
यतिमात्र कहाँ हो र, गाउँ छिरेदेखि उराठलाग्दो छ । तिहारको मुखमा जुनै गाउँ छिर्दा पनि जताततै ढकमक्क सयपत्री, मखमली, गोदावरी फूल र लटरम्म फलपूmल हुने मौसममा यही सपना बोकेर गएकी यो पंक्तिकार हिस्स परिन् । गाउँमा कतै फूलको नाम निशानै छैन । छन् त केवल धान र कोदो काट्ने, सुकाउने र भित्र्याउने काममात्र । गाउँलेमा देखिएको थोरै उत्साह भनेको यतिमात्रै हो ।
वैशाखमा घरहरू भत्केलगत्तै विनायोजना बासका लागि नजिकैको बारी वा खेतमा टहरो र गोठ बनाउँदा सबैको खेतीयोग्य जग्गा सानो भयो नै । जीवनको गुजारा चलाउने उपाय खोज्न बाध्य गाउँलेलाई यस्तो बेला कसलाई पूmल रोम्ने र स्याहार्ने जाँगर होला र ? त्यसैले होला फुल्पिङकोट गाविस वडा नं. ५ की सुनमाया तामाङ भन्छिन्– 'पोहोर परार त पूmल टन्नै हुन्थ्यो, यसपालि त केही छैन ।' वडा नं. १ का राजकुमार श्रेष्ठ थप्छन्– पहिला त बुबाले सयभन्दा बढी भोगटे बेच्नुहुन्थ्यो तर यसपालि त भोगटे पनि भएन ।
यो जिल्लामा ६०,४२५ घर छन् । त्यसमध्ये ३ हजार भन्दा बढी घरमा शोक परेको छ । बाँकी घरका बासिन्दा पनि जाडोको स्याँठ सुरु भइसक्दा पनि अझै अस्थायी टहरो र पालमुनी बस्न बाध्य छन् । विद्यार्थी पनि टहरोमा, भुइँमा बसेर पढ्न बाध्य छन् । शायद टहरोमा तिहार मनाउने भएकाले हो कि यो साल फल र पूmलले पनि साथ नदिएको ? पूरै गाउँ उजाड र उराठलाग्दो भएको छ । काग तिहारको दिनसम्म पनि गाउँमा तिहारको कुनै रौनक र तयारी छैन । न बच्चा तथा युवाहरू द्यौसी भैलोको तयारी गरिहेकै देखिन्छन् । यस्तै छ हालत प्रकृतिले ठगेको यसपालिको यो फुल्नै नसकेको फुल्पिङकोट गाविसको ।

Published in Nagarik News Daily.
http://www.nagariknews.com/opinion/story/48483.html